बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 28 | 07:31 pm 1856

काठमाडौं, माघ १४: बैंकिङ कसुर मुद्दा लागेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका वडा नं–१ का ५४ वर्षीय राजेन्द्र बुढाथोकी रहेका छन् ।

मधु बुढाथोकीको जाहेरीमा बैंकिङ कसुर मुद्दामा उच्च अदालत, पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई पन्ध्र दिन कैद र पाँच लाख रुपैंया जरिवाना हुने ठहर भएको र उल्लेखित सजाय वेरुजु रहेको थियो ।

लुकीछिपी बसेका राजेन्द्रलाई जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले सोमबार
गोलढुङ्गा,काठमाडौबाट पक्राउ गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार काठमाडौं जिल्ला अदालत पेश गरेकोमा कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

पक्राउ परेका राजेन्द्र बुढाथोकीले व्यवसायको लागि रकम आवश्यक पर्यो भनी मधु बुढाथोकीबाट पाँच लाख लगेकोमा पिडितले पटक–पटक माग्दा पनि आलटल गरी नदिएको र निज प्रतिवादीले बैंक अफ काठमान्डौं लि।मा आफ्नो खाताबाट
भुक्तानी लिनु भनी चेक दिएको र सटही नभएपछि उक्त रकम दिलाई कानूनी कारवाही गरी पाऊँ भनी जाहेरी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.