बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागूऔषधसहित पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 29 | 08:49 pm 3373

तनहुँ, कात्तिक १३ः गएराति साढे ११ बजेको समयमा तनहुँ व्यास नगरपालिका ४ ट्राफिकचोक स्थित राजमार्ग सडक किनारामा रहेको माछापुच्छ्रेबैकको एटिएम बक्स तोडफोड गरी पैसा लुट्ने योजनाको साथ एटिएमको पिनहरु स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका २ रंगपुरटाढी घर बताउने १९ वर्षीय किरण बानियाँ रहेका छन् ।

बानियाँलाई नियन्त्रणमा लिई उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्वरको मोटरसाईकल तथा निजको शरिर खानतलासी लिंदा निजले बोकेको झोला भित्र लुकाई राखेको अवस्थामा Nitrazepam Tablets ip NITRAVET-१३५ वटा ट्याब्लेट लागूऔषध फेला परेकोले उक्त लागूऔषध समेत बरामद गरी पक्राउ गरी लागूऔषध मुद्दामा सम्मानित तनहुँ जिल्ला अदालत उपस्थित गराई थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.