बेवारिसे अवस्थामा राखेको चामल तथा युरिया मल सशस्त्र प्रहरीद्वारा बरामद

रिपोर्ट नेपाल | 2023 Mar 29 | 07:57 am 1341

कपिलवस्तु, चैत १५ः जिल्लाको यशोधरा गाउँपालिका ७ नुनुवाबाट मंगलबार करीव २ लाख ६७ हजा रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरिएको छ ।

भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा राखेको उक्त चामल तथा मल सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुर र सुठौली भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो ।

बरामद चालम तथा मल सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

रुपन्देही, जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित सोही जिल्लाको ओमसतिया गाउँपालिका २ पडसरी बस्ने ४० वर्षिया पुजा थापालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डाले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका  थापालाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.