कास्की, चैत १५: जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी ६० वर्षीय पुरूष व्यक्ति रहेका छन् भने उनको कुनै पहिचान खुली सकेको छैन ।
माछापुच्छ्रे गाउँपालिका ९ चिन्नेस्वारा ठाडोखोलामा शनिबार बिहान साढे दश बजेको समयमा ती पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मृतकको पहिचानलगायत थप विषयमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।