बेरोजगारी हटाउन महिलालाई सिप मुलक तालिम

रिपोर्ट नेपाल | 2019 Jun 15 | 02:02 pm 3374

  • महेश सिंह महतो

सिरहा, जेठ ३२:  महिलाहरुलाई रोजगारी बनाउन सिरहाको भोटियाटोलमा एक दिने सिपमुलक तालिम सम्पन्न गरेको छ ।

दक्षिण एसिया भारत, बग्लादेश, जपान्, नेपालमा धानबाली पछी खाली जमिनमा दलहनबाली सघनिकारणद्वारा खाद्य तथा पोषण सुरक्षा र जिविको पार्जनमा सुधार ल्याउन महिलाहरुलाई मुसुरो दालबाट बन्ने विभिन्न किसिमको परिकारहरु बनाउने एक दिने सिप मुलक तालिम दिइएको हो ।

नेपाली भूमि कृषिको उपजमा अग्रस्थानमा रहेको हुँदा महिलाहरुलाई छोटो समयमा कसरी आफ्नो कमाईबाट आफ्नो जिविको पार्जन गर्न सक्छम बनाउँन सकिन्छ भन्ने उद्देश्यले तालिम सम्पन्न भएको छ । दलहन बाली मुसुरोबाट बनाउन सकिने परिकारहरु मध्ये विशेष महत्वकासाथ दालमोट, निम्किन बनाउने तालिम लहान नगरपालिका १२ भोटिया टोल चोकमा फुलबारी बजारमा सम्पन्न गरेको हो ।

कार्यक्रम फर्वाड नेपालको आर्थिक सहयोगमा संचालन गरेको थियो । तालीममा जम्मा ३२ जना महिलाहरुको सहभागीता रहेको फर्वाड नेपालको जिल्ला प्राविधिक अधिकृत सुदर्शन बिष्टले जानकारी दिए।

फर्वाड नेपाल तराईको जिल्लाहरुमा निकै लोकप्रिय बन्दै गएको जनसमुदाई र सर्वसाधारणहरुको बताए । कार्यक्रममा फर्वाड नेपालको प्रतिनिधि सरिता चौधरी, लक्ष्मि चौधरी लगायतका सहयोगिहरुको सहभागिता रहेको बिष्टले जनाए । गाउँका बेरोजगार महिलाहरु शिप सिक्न सकृय रुपमा सहभागीता भएका थिए ।

सहभागी रिता कुमारी चौधरीले भने , हामीलाई एउटा अन्धकारबाट उज्यालोको मुहार फेरिदिएको र अब हामी घरमै बसेर रोजगारिको सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे । हामी सबै मिलेर गाउँ मै महिलाहरुलाई रोजगारी दिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.