बुटवलमा सार्वजनिक सवारी संचालन

| 2020 Jul 12 | 03:49 pm 2161

बुटवल, असार २८ः आइतबारबाट बुटवलमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन्। बस लुम्बिनी मेट्रो प्रालिले सञ्चालन गरेको हो। कम्पनीले बुटवल–भैरहवा–सुनौली, बुटवल–बर्दघाट रूटमा चलाएको हो।

आइतबार आठवटा बसले यात्रु बोकिरहेका छन्। यो कम्पनीले एसी बसलाई चलाउन थालेको हो।

कोभिड–१९ संक्रमण र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गते लकडाउन सुरु गरेपछि देशभर सार्वजनिक सवारी साधन चलेका छैनन्।

सरकारले मापदण्ड पूरा गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि देशभरका यातायात व्यवसायीले तत्काल सञ्चालन गर्न नसक्ने बताएका थिए। निजी सवारी साधन भने जोरविरोज प्रणालीका आधारमा असार १ गतेबाट सञ्चालनमा आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.