रुपन्देही, पुस १७: गएराति बुटवल उपमहानगरपालिका–१० बेसक्याम्प चोकमा कारको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ भने स्कुटर चालक भने घाइते भएका छन् ।
बा १८ च ४५६१ नम्बरको कारले ठक्कर दिँदा बुटवल–११ देवीनगरकी अन्दाजी २२/ २३ वर्षीया सपना पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको कारले विपरित दिशाबाट आउँदै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी सपनाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
यस्तै, कारको ठक्करबाट स्कुटर चालक गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तीपुरका २१ वर्षीय सरोज खत्री घाइते भएका छन् ।