बीपीएल : सन्दीप तेस्रो खेलमा पनि विकेट बिहिन

रिपोर्ट नेपाल | 2019 Jan 13 | 08:50 am 1664

काठमाडौं, पुस २९ : नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको आफ्नो तेस्रो खेलमा पनि विकेट विहिन भएका छन् ।

सिलेट सिक्सर्सबाट बीपीएल खेली रहेका सन्दीपले आफ्नो तेस्रो खेलमा चार ओभर गर्दै ३३ रन खर्चेर कुनै विकेट लिन सकेनन् । ढाका डाइनामाइट्सविरुद्धको तेस्रो खेलमा सन्दीपको प्रदर्शन त्यती सन्तोस जनक रहन सकेन ।

टोलीको ८ औं ओभर लिएर आएका उनले ११ रन खर्चे । त्यस्तै टोलीको ११ औं तथा आफ्नो दोस्रो ओभरमा ८ रन खर्चे । आफ्नो तेस्रो ओभरमा ६ रन खर्चे । चौथो ओभरमा ८ रन खर्चे ।

कुल चार ओभरमा ३३ रन खर्चदै सन्दीप तेस्रो खेमा पनि विकेट विहिन भए । यसअघि डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए ।

दोस्रो खेलमा भने सन्दीप विकेट बिहिन बने । दोस्रो खेलमा उनले ४ ओभरमा विना विकेट २१ रन खर्चिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.