बीपी राजमार्गमा अब मापदण्ड अनुसारका सवारी मात्र, ठुला चार सय बढी सवारीलाई फर्काइयो

| 2018 Jun 08 | 05:07 pm 4283

सिन्धुली जेठ २५ : बीपी राजमार्गमा मापदण्डका विपरीतका सवारी साधनलाई कमलामाई नगरपालिका ४ को हिरापानीबाट फर्काइएको छ । शुक्रबार भारवहन क्षमता बढी भएका मालवाहक र तोकिएको सिटसंख्याभन्दा बढी भएका यात्रुवाहक सवारी साधनलाई र्फर्काइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेका अनुसार शुक्रबार चार सयभन्दा बढी मापदण्ड विपरीतका सवारी साधनलाई फर्काइएको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गरी मापदण्ड विपरीतका सवारी साधन नचलाउन भनेको पाँच दिन पछि शुक्रबारबाट स्थानीय प्रशासनले कार्यान्वयनमा ल्याएको हो ।

अन्तरिम आदेशको पत्र ढिला आएकाले कार्यान्वयनमा ढिलाइ भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा बढी भरवहन भएका सवारी साधनलाई रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २१ गते अन्तरिम आदेश जारी गर्दै बढी भरवहन क्षमताका ठुला सवारीलाई रोक लगाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.