कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ बिहिबार हुने

| 2018 Jul 24 | 06:23 am 1522

काठमाडौं, साउन ८: संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ।

समितिको आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको हो । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका तय भएको जानकारी दिए। जोशीविरुद्ध पाँचवटा उजुरी परेको छ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश माथि परेको उजुरीको छानबिन गर्ने गरी आवश्यक तयारी गरेको छ । संघीय संसद् सचिवालयले एक सार्वजनिक सूचनामार्फत उजुरी दिन आग्रह गरेको थियो।

त्यसको म्याद आइतबार सकिएको थियो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.