बिहारमा विषाक्त मदिरा सेवनबाट ३९ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 16 | 07:17 am 1305

बिहार, पुस १ः भारतको बिहार प्रान्तको सरान जिल्लामा मदिरा सेवन गर्दा बिहीबार साँझसम्म ३९ जनाको ज्यान गएको छ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मदिरा सेवन गर्ने मान्छे मर्ने बताएका छन्। ‘मदिन सेवन गर्ने मान्छे मर्छन्। हामीसँग यसअघि पनि यस्ता घटना भएका उदाहरण छन्,’ उनले भनेका छन्। ‘मदिरा स्वास्थ्यका लागि खराब हो, यसको सेवन गर्नुहुँदैन,’ उनले भारतीय सञ्चारमाध्यमसँग भने।

विषाक्त मदिरा सेवनका कारण मानिसको ज्यान गएको आशंका गरिएको छ। मदिरा सेवनबाट ज्यान गएको विषयमा छानबिन गर्न बिहार सरकारले विशेष टोली गठन गरेको छ। छानबिनमा दोषी देखिने मदिरा बिक्रेतालाई कारबाही गर्ने बताइएको छ। बिहारमा पछिल्लो ४८ घन्टामा छापा मारेर १२६ जना मदिरा बिक्रेतालाई पक्राउ गरिएको छ। त्यस्तै ४ हजार लिटर मदिरा जफत गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.