बिहानैदेखि वर्षा हुँदै, हिमपहिरो जान सक्‍ने भन्दै सतर्क रहन आग्रह

| 2019 Feb 07 | 07:12 am 2112

काठमाण्डौं, माघ २४ – बिहीबार बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार आज देशका धेरै ठाउँमा वर्षा र हिमपात हुनेछ । मध्य र पश्चिममा केही ठाउँमा भने ठूलो पानी पर्नुका साथै भारी हिमपात पनि हुनेछ । यसकै प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरो जाने खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बाढी पूर्वानुमान शाखाले सूचना निकालेर उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने भन्दै ती क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो । पर्सि शनिबारसम्म देशभरका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले केहि दिन पदयात्रामा ननिस्कन मौसमविद्ले सुझाव दिएका हुन् ।

मौसमविद् रिमालका अनुसार अस्तिदेखि नै बदली गराएको पश्चिमी वायु आइतबारदेखिमात्र सुधार हुने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.