बिस्फोट हुँदा एकको मृत्यु

रिपोर्ट नेपाल | 2023 Feb 18 | 07:46 am 1549

झापा, फागुन ६ः झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले सञ्चालन गरेकाे उद्योगमा शुक्रवार दिउसो १ बजेर १० मिनेटमा  विस्फोट भएको हो । लोक्ता भरिएको भाँडोमा आगो बलिरहेको अवस्थामा विस्फोट हुँदा त्यहीँ काम गर्ने कर्मचारी खोटाङ निवासी १९ वर्षीय  सरोज सुन्दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घाइते भएका सुन्दासलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा लगिएको र त्यहाँ दिउसो २ बजे सन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट खरेलका दाजु लक्ष्मीप्रसाद र श्रीप्रसाद  घाइते भएको र उनीहरूको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.