बिश्राम लियाे सुनकाे मुल्यले… !

| 2019 Aug 12 | 12:45 pm 1797

काठमाडौं, साउन २७: लगातार रूपमा बढेर इतिहासकै उच्च रेकर्डमा पुगेको सुनको मुल्य केही दिन यता भने स्थिर रहेको छ ।

सोमबारकाे बजार मुल्यमा छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँ तथा तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै सुनसँगै चाँदीको भाउपनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

काठमाडौँ उपत्यकाभन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्ने बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.