बिमस्टेक सम्मेलन: आज को-को भीभीआर्इपी आउँदैछन् काठमाडौं?

| 2018 Aug 29 | 06:46 am 1754

काठमाडौं, भदौ १३: बिहीबार र शुक्रबार काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनको लागि विदेशी पाहुनाहरु आउने क्रम तीव्र भएको छ ।

म्यानमारका राष्ट्रपति विन मिन्टसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशसचिवहरु मंगलबार नै काठमाडौं आइसकेका छन् । केही देशका परराष्ट्रमन्त्रीहरु पनि काठमाडौ आएका छन् ।

बुधबार भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक नेपाल आउँदै छन्।

यस्तै बुधबार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउँदै आउने कार्यक्रम छ।

बिमस्टेकको सम्मेलन हुने दिन बिहीबार ३ देशका सरकार प्रमुख नेपाल आउँदैछन। बिहीबार बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँनुहुनेछ ।

यस्तै बिहीबार नै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद बिहीबार बिहान झण्डै नौ बजेको समयमा त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । त्यस्तै थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा पनि बिहीबार नै नेपाल आउने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.