बिभिन्न मुद्दामा फरार रहेका ९ जना अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 08 | 09:09 pm 1841

तनहुँ, पुस २४ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड,
जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ।

यसै क्रममा लागूऔषध गाँजा मुद्दामा बिगत २ बर्ष देखि फरार रहेकी जिल्ला तनहुँ ब्यास नगरपालिका १२ कमलबारी बस्ने  ३९ वर्षीय तारा थापा मगर उपर सम्मानित तनहुँ जिल्ला अदालतको मिति २०७५ भदाै २६ गतेको फैसलाले १ बर्ष कैद र ५ हजार  जरिवाना रहेकाेमा पक्राउ गरेकाे छ ।

त्यसैगरी चोरी मुद्दामा फरार-१ जना, सवारी ज्यान-१ जना, कुटपिट-३ जना, जालसाजी-१ जना सार्वजनिक अपराध-१ जना र गाली बेईजतीमा-१ जना गरी जम्मा ९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा १ बर्ष १ दिन कैद र १ लाख ७५ हजार २९० जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.