बिपन्न बस्तिमा राहत दिन पुगेका अभियान्ता जोडी सम्मानित

रिपोर्ट नेपाल | 2020 May 26 | 08:28 am 2397

  •  महेश सिंह

सिरहा, जेठ १३ः सिरहाको लहान नगरपालिका वडा नम्बर –२३ मा ५० घर बिपन्न परिवारलाई राहत बितरण गरेको छ । गाढा टोलका मल्लिक, सदा, चौधरी लगायतका बिपन्न परिवार मजदुरहरुलाई राहत दिईएका हुन ।

साेमबार वडा नम्बर–१२ जटीयाही टोलका ३५ घर परिवारलाई राहत बाडेका थिए । राहतमा प्रति परिवार १० किलो चामल, १ किलो नुन, आधा लिटर खानेतेल, एक पाउ स्वयाबिन लगायतको राहत सामग्री दिईएको थियाे ।

राहत अभियान नेपालमा जबसम्म लकडाउन रहन छ तब सम्म हामी राहत बा डने कार्य निरन्तर चलिरहने छ नेपाल महिला संघका केन्द्रीय सदस्य संगिता कर्माचार्य बताए ।

अहिले सम्म दुई सय क्विन्टल चामल, एक हजार लिटर खाने तेल लगायतका समग्री बितरण गरिसकेको समाजसेबी महेश चौधरीले बताए ।

लहान नगरपालिकाका वडा नम्बर – १ देखि –२४ सम्मका बिपन्न परिवारको घरमा अन्नदान गर्न पुगेको सामाजसेबी महेश र संगिता की जोडीले बताए ।

हाल सम्म करिब दुई हजार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल, १ किलो नुन, आधा लिटर खानेतेल, स्वयाबिन लगायतका दैनिक उपभाेग्य सामग्रीहरु प्रदान गरेको अभियान्ता जोडी बताए ।

मानवसेवा गर्नु नै सबैभन्दा ठुलो धर्म हो धार्मिक बिश्वास रहेकोले राहत वितरणमा जोड दिएकाे जनाए । महेश र संगिताले गरिरहेको कार्यको प्रसंसा सिरहा लगायत नेपालमा चर्चाको विषय बनेको छ ।

आफनो निजि लगानी र मनकारीहरुको सहयोग मार्फत निरन्तर राहत बितरण गरेको भन्दै उनीहरुलाई सम्मानसमेत गरेको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापती दिनेश्वर प्रसाद गुप्ताका आमा वुवाबाट उनिहरु सम्मानित भएका हुन् ।

करिब ७३ बर्षीय प्रमेश्वर साहु बनीया र ७० बर्षीया पार्बती देवी बनियाबाट अभियन्ता जोडी सम्मानित भएको पत्रकार बिरेन्द्र नेपालले बताए । उनीहरूलाई दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.