ललितपुर, साउन २९ । बालयौन दुरूपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई याैन पिपासु दत्तसिंहले गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।