काठमाडौं, असार ७ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पोखराबाट बालयौन दुराचारमा संग्लन भएको आरोपमा अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ । तीन वर्षयता कामदार भिसामा पोखरा बस्दै आएका थोमस प्याराग्लाईडिङ चालकका रुपमा कार्यरत थिए ।
ब्यूरोको विशेष टोलीले उनको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको छ। थोमसले अन्य कैयन बालकमाथि पनि यौन दुराचार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको अनुसार आर्थिक बर्ष २०७३/७४ देखि आर्थिक बर्ष २०७५/७६ सम्म नेपालमा १२ विदेशी र उनीहरुका २ सहयोगी नेपालका पक्राउ गरेको छ।