बालकृष्ण खाँणलाई भेट्न हिरासत पुगिन् मञ्जु

रिपोर्ट नेपाल | 2023 May 22 | 01:18 pm 1809

काठमाडौँ, जेठ ८ः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न श्रीमती मञ्जु खाँण प्रहरी हिरासतमा पुगेकी छन् । सोमबार बिहान उनी काठमाडौँ प्रहरी परिसर टेकु पुगेकी हुन् । उक्त प्रकरणमा मञ्जु समेत मुछिएको सार्वजनिक भएपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

पुर्वगृहमन्त्री खाँण पक्राउ परेको १३ दिनपछि उनी श्रीमानलाई भेट्न हिरासत पुगेकी हुन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाँणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका पुर्वगृहमन्त्री खाँण वैशाख २७ गते पक्राउ परेका थिए । शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । प्रहरीले आज उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.