काठमाडौं, साउन १२। बाल यौनदुर्व्यवहारको आरोपमा होस्टल सञ्चालक पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूको टोलीले होस्टल सञ्चालक सोनम घ्यामचे घलेलाई पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठ स्कुलको प्रांगणमा स्नो मञ्जुश्री संस्थाद्वारा सञ्चालित होस्टलका बालिकाहरुमाथि घ्यामचेले यौन दुर्व्यवहार गरेको आरोप छ।
यौन दुव्यर्वहार भइरहेकाे भन्ने सूचनाका आधारमा काठमाडौं महानगरले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरे पछि प्रहरीको टोलीले घ्याम्चेलाई पक्राउ गरेको हो।
उक्त होस्टलबाट ११ जना बालबालिकाको उद्धार समेत गरिएको छ। उनीहरुलाई अहिले सुरक्षित गृहमा राखिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।