बाल यौन दुराचारको आरोपमा बिदेशी नागरीक पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 30 | 08:01 pm 2305

कास्की, चैत १७ः अमेरिकामा रहँदा देखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकाहरुसँग नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचना/जानकारीका आधारमा एक जना बिदेशी नागिरक पक्राउ परेकाे छ ।

पक्राउ पर्नेमा ६६ वर्षीय अमेरीकन नागरिक Michael Norman Taylor रहेका छन् । उनलाई ब्यूरोबाट खटिएको टोलीले निरन्तर निग्रानी गरी मंगलबार पोखरा महानगरपालिका १८ सेदी स्थित रहेको होमस्टेबाट पक्राउ गरी बालयौन दुरुपयोग गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको छ ।

उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन (३) पटक नेपाल आएको देखिएकोमा सन् २०१९ मा तीन (३) जना बालबालिकाहरुलाई बालयौन दुरुपयोग गरेको आरोपमा पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालयमा
जाहेरी दरखास्त परेको हुँदा जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भए पश्चात निजलाई पक्राउ गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.