बारामा प्रहरी प्रमुख विरुद्ध आन्दोलन

रिपोर्ट नेपाल | 2023 Jul 21 | 01:47 pm 5213

बारा, साउन ५ । नेपाली कांग्रेस बाराका जिल्ला सचिव भैयाराम यादवलाई विनाकारण प्रहरी कार्यालय हाताभित्र प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहले कुटपीट गरेको भन्दै कारवाहीको माग सहित कांग्रेस आन्दोलीत भएको छ ।

बुधवार जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र वोगटीको निर्देशनमा जिल्ला सचिव कुटिएको भन्दै कारवाहीका लागि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापन पत्र बुझाउदा समेत सुनुवाई नभए पछि बाध्य भएर आन्दोलन गर्नुपरेको महागढी माई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताए । विहिवार देखि शुरु भएको आन्दोलन आज शुक्रवार पनि विरोध सभामा परिणत भएको थियो । विरोध सभामा नेपाली कांग्रेसका सचिव राजेस रौनीयारले प्रहरी प्रमुखको कारवाही सहित सरुवा र प्रहरी नायव उपरीक्षक पाण्डे र प्रहरी आन्दोलन नरोकिने बताएका छन् ।

नेकपा एसका सचिव विक्रम ठाकुरले एक वर्षसम्म तस्कर सँग राज गरेर जनता माथि दमन गर्ने प्रहरी प्रमुख अझै केहि समय वारामा बस्नका लागि मन्त्रीको ढोका चाहारेको बताउँदै यथासक्य छिटो यहाँबाट नहटाए आन्दोलनको रुप फेर्ने बताएका थिए । विरोध सभामा प्रहरी परिसर भित्र कुटपिट गरी थुनेर मानसिक यातना दिइएको पनि आन्दोलनकारीले आरोप लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.