बारा र पर्सामा हावाहुरीबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि ८४ करोड ६८ लाख

रिपोर्ट नेपाल | 2019 Apr 25 | 05:28 pm 1353

काठमाडौं, वैशाख १२ : सरकारले बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट क्षति हुन पुगेका घरहरुको पुनर्निर्माणका लागि ८४ करोड ६८ लाखभन्दा बढी बजेट नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले १४ सय ५३ घरहरुको पुननिर्माणका लागि आवश्यक ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ नेपाली सेनालाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय गरेको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.