बारा प्रहरीद्वारा ४ सय ३० किलो अवैध लागू औषध गाँजा नष्ट

| 2023 Sep 15 | 03:38 pm 2157

बारा, भदाै २९ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले विभिन्न  मिति र स्थानबाट  बरामद गरेको ४ सय ३० किलो लागुऔषध गाँजा नष्ट गरेको छ ।

बरामद गरिएको गाँजा  सम्पुर्ण कानूनी प्रकृया पुरा गरी आज जिल्ला प्रहरी कार्यालय बाराको प्राङणमा खाल्डो खनी आगो लगाई जलाई नष्ट गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दधिराम न्याैपानेले जनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.