बाबुद्वारा छोराको हत्या

रिपोर्ट नेपाल | 2020 Mar 12 | 02:30 pm 2630

कञ्‍चनपुर, फागुन २९: धारिलो हतियार प्रहार गरी कञ्‍चनपुरमा एक बाबुले आफ्नै १६ वर्षीय छोराको हत्या गरेका छन्।

हत्या हुनेमा भीमदत्तनगरपालिका–२ उल्टाखामका ३९ वर्षीय डम्बर चन्दले १६ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

हत्यामा संग्लन बाबुलाई प्रहरीले पक्राउ गरेको छ। बाबुको धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.