बाबु गुमाएको पिडामा परेकी ममतालार्इ किरिया बस्‍न रोक

| 2018 Jul 30 | 03:33 pm 2465

पोखरा, साउन १४ : कार दुर्घटनामा बाबु गुमाएको पिडा त छँदै थियो । त्यस माथि किरिया बस्न खोज्दा नपाएपछि ममता दुःखीत भएकी छिन् । पोखरा ६ लेकसाइडका मधु सुवेदीको शुक्रबार राति त्रिशुलीमा कार खस्दा भएको दुर्घटनामा मृत्यु भएको थियो।

शनिबार उनको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरियो । उनलाई १६ वर्षीया छोरी ममता सुवेदीले उनलाई दागबत्ती दिइन् । तर समाज र आफन्ताहरुले उनलाई बुबाको किरिया बस्नबाट वञ्चित गराइ दिएको छ। मधुको किरिया उनका भाइ हरि सुवेदीले गरेका छन् । काका र भतिजीले सँगै किरिया गर्न नमिल्ने भन्दै ममतालाई किरिया गर्न रोकेका हुन् ।

तर मानवअधिकार कर्मीहरूले चाहिँ महिलाको अस्तित्व स्वीकार नगरिएको आरोप लगाएका छन् । ‘बाबुको किरिया बस्न छोरीले पाउनुपर्छ । यहाँ पितृसतात्मक कुरा गरेर छोरीलाई किरिया बस्न दिइएन, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशकी प्रमुख विना सिलवालले भनिन्–समाजमा अझै पनि छोरीको अस्तित्व स्वीकार गरिएन । यो मानव र महिला अधिकार विपरीत काम भयो ।’

‘हाम्रो संस्कारमा छोराले किरिया गर्दा पनि आमा छुट्टै किरिया बस्छन् । छोरीले किरिया गर्दा सँगै काकाले गर्न मिल्दैन, उनले भने–अधिकार भन्दा संस्कार ठुलो कुरा हो । चलिआएको संस्कार मान्नै पर्छ ।’ छोरीले किरिया गर्ने कुराको आफुँले विरोध नगर्ने भन्दै उनले छुट्टै किरिया बस्न आग्रह गरे ।

आमा लक्ष्मी सुवेदीले पनि बुबाको किरिया बस्ने छोरीको इच्छा पुरा नभएको बताइन्। लक्ष्मीले भनिन् ‘छोरीको किरिया बस्ने इच्छा थियो तर पाइनन् । सामाजिक मूल्य मान्यताका कतिपय कुराले वञ्चित गरायो।’ छोरी किरिया बसे आँफुहरुले छोड्ने आफन्तको प्रतिक्रिया पछि ममताले किरिया गरेकी छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.