बाढीले बगायो माइक्रो बस, यात्रुले हामफालेर ज्यान जोगाए

रिपोर्ट नेपाल | 2018 Aug 24 | 05:12 pm 2382

सल्यान,  भदौ ८ : यहाँकाे बनगाड खोलामा गाडीले खाेला तर्नै लाग्दा बाढी आएपछि यात्रुहरू हाम फालेर बाँचेका छन् । छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गतकाे साे खाेलामा बिहीबार साँझ अचानक बाढी आएपछि यात्रुहरु गाडीबाटै हाम फालेर बाँच्न सफल भएका हुन् ।

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेकाे बा ४ ख ३७५९ न को हायस गाडी खोला तर्न लाग्दा बाढीमा फसेकाे थियाे । बाढीले गाडी बगाउन थालपछि केही यात्रुहरू धमाधम हाम फालेर बाँचे । तर केही यात्रु भने गाडीभित्रै फसेका थिए ।

बाढीमा फसे पनि मानवीय क्षति चाहिँ भएन । खाेलाले बगाएकाे गाडी केही तलसम्म पुगेर एउटा ढु‌ंगाकाे अाडमा अडिएकाे थियाे । लगत्तै गाडीभित्र फसेका बाँकी यात्रुहरूलाई डोजरको सहायताले उद्धार गरियाे ।

यात्रुहरु अाफू बाँच्न सफल भए पनि सामानहरु खाेलामा बगेकाे बताइएकाे छ । गत साउनमा पनि यस खाेलामा ठूलाे बाढी अाउँदा सवारीसाधन र यात्रुहरु फसेका थिए । खाेलामा पुन बन्न नसक्दा यसरी यात्रु जाेखिम माेलेर यात्रा गर्न बाध्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.