बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ६५ पुग्याे, ३० अझै बेपत्ता (विवरण सहित)

रिपोर्ट नेपाल | 2019 Jul 15 | 09:48 am 1735

काठमाडौं, असार ३०: लगातार तीन दिनसम्म परेको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या आधिकारीक रूपमा ६५ जना पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरूष गरेर ६५ जनाको बाढीपहिरोमा परि मृत्यु भएको र मृतक ६५ मध्ये ४८ जनाको सनाखत भइसकेको हाे ।

यस्तै बेपत्ता हुनेमा अहिलेसम्म ३० जना, घाइते हुनेमा ३८ जना रहेका छन् । जसमा घाइते मध्ये १७ महिला र २१ पुरुष छन् ।

सुरक्षा निकायले हालसम्म एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको  प्रहरी प्रधान कार्यालयले जानकारी दिए  । डुबानका कारण विशेषगरी मध्य तराईको जनजीवन अत्याधिक प्रभावित भएको छ ।

डुबान प्रभावित क्षेत्रमा विभिन्न निकायद्वारा राहत वितरण गर्न समेत सुरु गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.