बाढीपहिरो पिडीतहरुको उद्धार तथा राहत कार्यमा नेपाली सेना

रिपोर्ट नेपाल | 2020 Jul 23 | 05:46 pm 2026

काठमाडौं, साउन ८ः विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा गएको बाढीपहिरोबाट प्रभावित स्थानहरुमा नेपाली सेनाले खोज तथा उद्धारका जनशक्ति र श्रोत साधन परिचालिन गरी खोज उद्धार तथा राहत वितरण कार्यलाई जारी राखेको छ ।

नेपाली सेनाका परिचालित फौजहरुले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडकहरु सुचारु गर्ने र जोखिममा रहेका स्थानीयहरुको रवरबोट समेतको प्रयोग गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेका छन् ।

No description available.

यसै क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा बाढी तथा पहिरोका कारण खतरामा रहेका स्थानीयहरुको उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

यसैगरि झापा, चितवन र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा स्थानीय बासिन्दाको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमको न्यूनिकरण गरिएको छ ।

रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ्ग र काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा अवरुद्ध सडक सुचारु गर्ने कार्य गरिएको छ । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा गएको पहिरोमा परी घाईते भएका २ जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरि नेपालगन्ज पुर्‍याईएको छ ।

प्राकृतिक प्रकोपबाट पिडित व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा नेपाली सेनाका जनशक्ति तथा श्रोत साधनहरु अनवरत रुपमा खट्टिरहेको जानकारी गराउँदै तत्काल उद्धार तथा राहतको लागि काठमाडौं, ईटहरी, भरतपुर र सुर्खेतमा नेपाली सेनाका हेलिकोप्टरहरु स्ट्याण्डबाईमा राखिएको समेत सेनाले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.