बाढी र पहिरोले हेटौंडा–भीमफेदी–कुलेखानी सडक अवरुद्ध

| 2021 Jun 27 | 07:19 am 2581

काठमाडौं, असार १३:  हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको दुवै सडक पहिरोका कारण अवरुद्ध बनेको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौँ प्रवेश गर्ने मार्ग पहिरोले  शनिबारदेखि नैअवरुद्ध बनेको हो।

यस्तै, हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने मार्गसमेत पहिरोका कारण अवरुद्ध बनेको छ। वर्षा नरोकिएको र पहिरो झर्ने क्रम चलिरहेका कारण अवरुद्ध सडक आइतबार बिहानसम्म पनि सञ्चालन हुन सकेको छैन।

हेटौँडा–भीमफेदी–कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका वडा नं ६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चामा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको हो।

यसैगरी कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको इन्द्रसरोवर गाउँपालिकाका २ स्थित छपारेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.