बाजुरामा फेरि एक सुत्केरीकाे ज्यान गयाे

| 2019 Sep 12 | 11:12 am 1588

बाजुरा, भदाै २६: जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ। ज्यान जानेमा बुढीनन्दा नगरपालिका वडा नं. १० की ३५ वर्षीया निर्मला बोहरा रहेकी छन् ।

उनको सुत्केरी भइसकेपछि अत्यधिक मात्रामा रक्तश्रावका कारण मृत्यु भएको अस्पताल स्राेतले जानकारी दिए । अस्पताका अनुसार बुधबार साँझ पौने ६ बजे सुत्केरी भइसकेपछि उच्च रक्तश्रावका कारण ज्यान गएको जिल्ला अस्पताल बाजुराले जनाए।

गत भदौ ७ गते जिल्ला अस्पताल बाजुरामा बडीमालिका नगरपालिका–७ की २१ वर्षीया वसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.