बाजुरामा पहिराेले पुरिदा दुईकाे मृत्यु, पाँच घाइते

रिपोर्ट नेपाल | 2019 Aug 02 | 10:52 am 2043

बाजुरा, साउन १७:  अविरल वर्षासँगै आएको पहिरोमा परी बाजुरामा आमा छोरीको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

जिल्लाकाे गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा बिहीबार राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेर पुर्दा आमा छोरीको मृत्यु भएको हो ।

पहिराेले परिदा ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

पहिरोमा परी घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन्। जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

लगातार वर्षा भइरहेका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले बताए। थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.