बाजुरा केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प

| 2020 Jan 28 | 02:04 pm 1580

बाजुरा, माघ १४: मंगलबार बिहान बाजुरामा भूकम्प गएको छ । भूकम्प बिहान करिब ७ बजेर ५९ मिनेटको समयमामा ४.२ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जानकारी दएको छ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले बताए।

उनका अनुसार त्यस क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।

एकाबिहानै भूकम्प धक्का दिएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका थिए । जिल्लामा पटक–पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित हुन थालेका छन्।

उक्त क्षेत्रमा पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिम रहेको पाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.