काठमाडौँ, भदौ १: नेपाली कांग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
भारतीय जनता पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन कार्यवाहक सभापति निधि नयाँ दिल्ली प्रस्थान गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ नेपाल र नेपाली जनता प्रति मित्रता र शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न कांग्रेसका सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन् । सादा जिवन उच्च विचारका धनी
बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली जनताको प्रगती प्रति सदा चासो राख्ने बाजपेयीको निधनले नेपालले एक सच्चा मित्र गुमाएको नेपाली कांग्रेसले जनाएको छ । कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।