बाघको ५६ थान हड्डीसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 27 | 07:03 pm 2045

काठमाडौं, माघ १३ : प्रहरीले बाघको ५६ थान हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका २ चाल्नाखेलकी सविता तामाङ र सिन्धुपाल्चोक चोकटी ७ घर भई कीर्तिपुर बस्ने अजय गुरुङ रहेका छन्।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट अटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सविताको घरमा लुकाइ राखेको अवस्थामा बाघको हड्डीसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रवक्ता हाेविन्द्र वाेगटीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.