बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

| 2021 Nov 28 | 07:24 pm 1649

बर्दिया, मङ्सिर १२ः बाघको आक्रमणबाट बर्दियामा आइतबार एक जनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाउँपालिका–४ राजिपुरका ६२ वर्षीया कालुराम थारुको मृत्यु भएको हो ।

आइतबार दिउँसो घर नजिकै मध्यवर्ती वन क्षेत्रमा वस्तु चराउन गोठालो गएको बेला पाटे बाघले आक्रमण गरेको हो । दिउँसो ३ बजेर ४५ मिनेटको समयमा पाटे बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द सञ्जेलले जानकारी दिए ।

बाघले आक्रमण गरेको जानकारी पाउनसाथ नेपाली सेना र निकुञ्जको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । थारुको शव घटनास्थलमै फेला परेको सूचना अधिकारी सञ्जेलले बताए।

बाघको आक्रमणबाट बर्दियामा गत आर्थिक वर्षदेखि अहिलेसम्म १५ जनाको मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.