बाघको आक्रमणबाट बर्दियामा एक जना घाइते

| 2021 May 27 | 03:16 pm 2741

बर्दिया, जेठ १३: बाघको आक्रमणबाट बर्दियामा फेरि एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मधुवननगरपालिका–१ ईन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारु रहेका छन् ।

औराहीस्थित सामुदायिक वनमा बुधबार बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए।

थारुको अनुहार चिथोरिएकाे र दाहिने खुट्टाको साप्रामा गहिरो घाउ भएको छ। शाहीका अनुसार घाइते थारुले आफ्नै साथमा रहेको खुर्पाले बाघलाई प्रहार गरेपछि चोट लागेर बाघ जंगलतर्फ भागेको थियो। घाइते थारुको जिल्ला अस्पताल बर्दियामा उपचार भैइरहेको शाहीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.