बाघको आक्रमणबाट पूर्वी चितवनमा एक जना घाइते

रिपोर्ट नेपाल | 2021 May 08 | 12:26 pm 2697

चितवन, बैशाख २५ः बाघको आक्रमणबाट पूर्वी चितवनको राप्ती नगरपालिकामा  एक जना घाइते भएका छन् । घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् ।

उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएका राईलाई राति १०ः२५ बजे पुरानो मेडिकल कलेजमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते राईको अवस्था मध्यम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.