काठमाडौं, भदौ २८ : अवैधानीक रुपमा प्रतिबन्धीत वन्यजन्तु बाघको छाला, चितुवाको छाला, हड्डी सहित ४ जनालाई काठमाडौंको जमल र बौद्ध आरुवारीबाट प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका–५ का २० वर्षीय सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका ३७ वर्षीय लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका–९ का ३१ वर्षीय रमेश बोहरा रहेका छन् ।
काठमाठौं महानगरपालिका–२६ जमलबाट चितुवाको छाला २ थान र हड्डी डेड किलो सहित प्रहरीले पक्राउ गरिएको जनाएका छन् ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी बस्ने सर्लाही घर भएका २२ वर्षीय सुजन वाईबालाई आरुवारीबाट बाघको छाला १ थान सहित प्रहरीले पक्राउ गरेका छन् ।