बाग्लुङ, साउन २०: लगातारकाे अविरल वर्षासँगै आएकाे पहिराेले बाग्लुङकाे तामानखाेला गाउँपालिकामा घर पुरिएकाे छ । पहिराेमा परी एक जनाकाे घटना स्थलमै मृत्यृ भएकाे छ भने अन्य दुई जना बेपत्ता भएकाे प्रहरीले जानकारी दिए ।
पहिराेले च्यापीएर मृत्यु हुनेमा स्थानीय चन्द्रकुमारी श्रीपाली रहेका छन् । साथै साेही पहिराेमा परी वेपत्ता हुने असरी श्रीपाली र प्रविण श्रीपालीकाे खाेजीकार्य भइरहेकाे पनि जनाए ।
उद्धारका लागि स्थानीय बासिन्दा र सुरक्षा निकायले प्रयास गरिरहकाे जानकारी प्राप्त भएकाे छ । विस्तृत विवरण भने आउँन बाँकी रहेकाे छ । समाचार अपडेट