काठमाडौं, १९ चैत / बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको छ । बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
यसअघि राप्रपाले परिस्थिति हेरेर आवश्यक निर्णय गर्ने बताएको थियो । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएसँगै राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको हो ।