बागमती प्रदेशका मुख्यमन्त्री पाैडेल विरुद्ध अविश्वास प्रस्वाव दर्ता

रिपोर्ट नेपाल | 2020 Dec 25 | 12:55 pm 1737

काठमाडौं, पुस १०ः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बागमती प्रदेशसभामा नेकपाका संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाईमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

अविश्वास प्रस्तावमा नेकपाका ४४ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेशसभामा नेकपाका ८० जना सांसद रहेपनि अहिले माधव नेपाल र प्रचण्ड पक्षका ४४ जना सांसदले हस्ताक्षर गरेका हुन् । कांग्रेसका २२ जना सांसद गरेर बागमति प्रदेशसभामा जम्मा १ सय १० जना सांसद छन् ।

मुख्यमन्त्री विरुद्ध नेकपाका सांसदहरुले प्रदेशसभा सचिवालय पुगेर बिहान ११ः२५ मा हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका हुन् । त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.