बाँदरले बार्दलीबाट झारिदिँदा ४ वर्षको शिशुको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jul 20 | 08:57 am 1197

एजेन्सी, साउन ४ः बाँदरले घरको छतबाट झारिदिएपछि भारतमा बच्चाको मृत्यु भएको छ । यो घटना भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा भएको हो ।

स्थानीयका अनुसार बाबु र आमा आफ्नो बच्चालाई काखमा लिएर घरको बार्दलीमा बसेका थिए । सोही बेला बाँदरको एक हुल आयो । र, बच्चाका बुबा बाबु निर्देश उपाध्याय बच्चा काखमा लिएर बसेकी आमालाई बाँदरले आक्रमण गर्न थाल्यो । त्यसपछि निर्देश र उनकी श्रीमती सिँडी हुँदै सुरक्षित स्थान तिर भागेका थिए ।

सो बेलासम्म ३ तले घरको छततिर बाँदर पुगिसकेका थिए । पीडित बुबा निर्देश उपाध्यायका अनुसार भाग्ने क्रममा श्रीमतीले सन्तुलन गुमाएर सिँडीमै बच्चा झार्न पुगिन् । त्यसपछि बाँदरले बच्चालाई भवनको बार्दलीबाटै फ्याँकेको थियो ।

सो क्रममा ४ महिने शिशूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसपछि उपाध्याय र उनकी पत्नीलाई समेत बाँदरले आक्रमण गरेको जनाइएको छ ।

उनीहरुले बाँदरको आक्रमणबाट जोगिन परीवारका अन्य सदस्य तथा छिमेकीहरुलाई गुहार गरेका थिए । तर उनीहरुलाई उद्धारका लागि अन्य आइसक्दा घटना भइसकेको बताइएको छ ।

पछि आएका परीवारका अन्य सदस्यलाई पनि बाँदरले आक्रमण गरेको एक रिपोर्टले जनाएको छ ।

घटनामा दुखद पक्ष के थियो भने ती बच्चा ४ महिना भइसक्दा पनि उनको नाम जुराइएको थिएन । बच्चाले आफ्नो नाम पनि नपाई देहावसान हुनु पर्यो । त्यो पनि बाँदरको हातबाट ।

उनको नाम राख्न उक्त दिन नै उनको परीवारले एक कार्यक्रमको आयोजना समेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.