रुपन्देही, असार ८: पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना–६ कलौनेमा बसले मोटरसाइकललाई ठक्करदिँदा माेटरसमाइकलमा सवार २ जनाको मृत्यु भएको छ। उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागेको थियो । आगोले जलेर मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको प्रहरीले बताएकाे छ ।
मृतकहरुको शव चिन्न नसकिने अवस्थामा जलेकाले सनाखत गर्न समस्या परेको प्रहरीले जनाएको छ । दुई जनाकै शव लुम्बीनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।
बस चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको सालझण्डीका प्रहरी प्रमुख रवीनराज मैनालीले जानकारी दिए ।