बसको ठक्करबाट चितवनमा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 26 | 11:23 am 2128

चितवन, पुस १०: बसले ठक्करबाट चितवनमा एक जनाको ज्यान गएको छ। ज्यान जानेमा राप्ती नगरपालिका १३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १ दियालोरोडमा पुलचोकबाट बसपार्क तर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले प्रजालाई बिहीबार ७ बजे ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका प्रजाको भरतपुर अस्पतालमा विहान ७ः२० बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक एक नारायण कोईरालाले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.