बसको ठक्करबाट गम्भीर घाइते पन्तको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 23 | 12:01 pm 1922

काठमाडौं, पुस ७: सोमबार बिहान यात्रुवाहक बसले ठक्कर दिएर गम्भीर घाइते भएकी चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको मृत्यु भएको छ।

सुकेधारा चोकनजिक बाटो पार गर्ने क्रममा उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा४ख ५९२० नम्बरको बसले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिए ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बा४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन्।

आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ। उक्त घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा सुचारु ढङ्गबाट यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.