बस र टिपर ठोक्किँदा धादिङमा एकजनाको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Oct 10 | 08:55 am 1443

धादिङ, असाेज २४: शनिबार बिहान धादिङको थाक्रे नौ किलोमा बस र टिपर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ, भने एकजना घाइते भएका छन्।

बिहान करिब ३ बजे भएको दुर्घटनामा परी टिपर चालक ललितपुर महानगरपालिका–२९ हरिसिद्धिका ३५ वर्षीय कृष्ण लामाको मृत्यु भएको हो। उक्त दुर्घटनामा परी घाइते भएकाहरूमा मकवानपुरको कैलास गाउँपालिका–५ का २२ वर्षीय अजय मोक्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

काठमाडौबाट मलेखुतर्फ जाँदै गरेको बा ५ ख ४९९ नम्बरको टिपरले र रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४९२ नम्बरको बस एकापसमा ठोक्किएको थियो। ठक्करबाट टिपर सडकबाट ५० मिटर तल महेश खोलामा खसेको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.