बस पल्टिदा चालक सहित ३४ यात्रु घाईते 

| 2023 Nov 04 | 01:35 pm 6325

तनहुँ, कार्तिक १८ ।  तनहुँ व्यास नगरपालिका वडा नं. १२ कमलबारी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा उदयपुर जिल्लाको कटारीबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख १७५२ नम्बरको यात्रु बाहक बस अनिन्त्रित भई सडकमा दुर्घटना भएको छ ।

दुर्घटनामा बस चालक सहित बसमा सवार ३४ जना यात्रु घाईते भएको र  तत्काल उद्दार गरी उपचारको लागी पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाएका छन् ।

घाईतेहरुको दमौली अस्पताल, लक्ष्मी अस्पताल डुम्रे,  रत्नहरी मेमोरियल अस्पतालमा उपचार भईरहेको र  घटना सम्बन्धमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.