बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन, प्रदर्शनकारीमाथि प्रहरी हस्तक्षेप

| 2018 Aug 18 | 04:02 pm 2005

काठमाडौं,  भदौ २ :  बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री भणडरी लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ ।

पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै उनीहरुले अर्धनग्न प्रर्दशन गरेका थिए ।

बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा रहेका महिलालाई पुरुष प्रहरीले नै धरपकड गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.